उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार भएको खुल्यो

काठमाडौं । उयदपुरमा थपिएका नयाँ संक्रमित पत्रकार भएको पाइएको छ । गाईघाटमा पत्रकारिता गर्दै आएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नयाँ थपिएका संक्रमित पत्रकार भएको पुष्टि गरे । सुवेदीका अनुसार ती पत्रकारमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनका अनुसार उदयपुरमा २७ जना पत्रकार र केही स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ उदयपुरकाको त्रियुगा नगरपालिकाका २५ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *