भारतमा चीनमा भन्दा धेरै संक्रमित, २४ घण्टामा १०३ को मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३९ सय ७० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ८५ हजार ९४० पुगेको छ । भारतमा संक्रमितको संख्या चीनमा भन्दा धेरै भएको छ । चीनमा अहिलेसम्म ८२ हाजर ९४१ जना संक्रमित रहेका छन् । त्यस्तै धेरै संक्रमित हुनेमा भारत विश्वमा एघारौ देश बनेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार ७५२ पुगेको छ । भारतमा अहिलेसम्म ३० हजार १५२ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ४६ लाख २८ हजार ३९३ पुगेको छ भने मृतकको संख्या ३ लाख ८ हजार ६४५ पुगेको छ । त्यस्तै विश्वभर १७ लाख ५८ हजार ३९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *