थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी थप ६ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २७३ पुगेको छ ।Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *