कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १३ हजार नाघ्यो, ४७ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख १३ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १३ हजार १ सय ८० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४७ लाख १९ हजार ४४ भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १८ लाख ११ हजार ५ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १५ लाख ५ हजार ६८४ पुगेको छ भने संक्रमितमध्ये ३ लाख ३८ हजार ८६१ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो विवरण अनुसार ३४ हजार ४६६ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४० हजार १६१ पुगेको छ ।

इटालीमा २ लाख २४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । २४ घण्टामा १५३ जनाको मृत्यु भएसँगै इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७६० पुगेको छ ।संक्रमितमध्ये १ लाख २२ हजार ८१० जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ५३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएको भने ९ हजार २०० जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ । २ लाख ६ हजार ३४० जनाको उपचार भइरहेको छ भने ६३ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।

फ्रान्समा एक लाख ७९ हजार ३६५ कुल संक्रमित भएका छन् भने २७ हजार ६२५ जनाको मृत्यु भएको छ । यसैबीच ६१ हजार ६६ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७६ हजार ५०५ कुल संक्रमित भएका छन् भने २७ हजार ५६३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९२ हजार २५३ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा २ लाख ३३ हजार १४२ जना संक्रमित भएका छन् भने १५ हजार ६३३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ८९ हजार ६७२ जना ठिक भएका छन् । बेल्जियममा ५४ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ५ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ४६० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७६ हजार २४७ कुल संक्रमित भएका छन् भने ८ हजार २७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५२ हजार ६०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १८ हजार ३९२ कुल संक्रमित भएका छन् भने ६ हजार ९३७ जनाको मृत्यु भएको छ । यसैबीच ९३ हजार १४७ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *