बेलायतबाट आएको सहयोगमा वीपीका इमरजेन्सीमा कार्यरत चिकित्सकलाई के.एन–९५ मास्क

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एन–९५ मास्क हस्तान्तरण गरिएको छ ।

तरुण दलका सुनसरी कार्यवाहक सभापति सन्तोष बिक र क्षेत्रीय उपसभापति रवि राईको पहलमा युकेबाट आर्थिक सहयोग आएपछि उक्त मास्क वितरण गरिएको हो ।

शुक्रबार प्रतिष्ठानको इर्मजेन्सी भवन परिसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले इमरजेन्सीमा कार्यरत चिकित्सकहरुलाई मास्क हस्तान्तरण गरेका थिए ।

‘बेलायतमा रहेका श्रीमान श्रीमती रोबर्ट बिक र बर्षा रसाइलीले ३० हजार तथा भाष्कर राईले १५ हजार सहयोग गरेपछि उक्त स्वास्थ्य सामग्री प्रतिष्ठानलाई वितरण गरिएको हो ।’ तरुण दलका कार्यवाहक सभापति बिकले भने । मास्क खरिदमा नपुग रकम सन्तोष विक र क्षेत्रीय उपसभापति राईले नै थपेर त्यहाँ कार्यरत चिकित्सकलाई १२५ थान मास्क वितरण गरिएको थियो ।

श्रीमान श्रीमती राेवर्ट बर्षा रसाइली तथा भाष्कर राइ

वितरित मास्कमा आधा दर्जन मास्क स्थानीय पत्रकारहरुलाई पनि वितरण गरिएको थियो । मास्क हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना भाइरस विरुद्धको लडाईमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका एसोसिएट प्रोफेसर परमेन्द्र प्रसाद गुप्ताले विरामीको उपचार गर्नको लागि एन–९५ मास्क अत्यावश्यक भएको बताउँदै मास्क सहयोग गर्नेहरुलाई आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *