तेस्राे त्रैमासमा कुन लघुवित्तले कति कमाए ? (सुचि सहित)

काठमाडौं । नेप्सेमा सूचीकृत ४१ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार छिमेक लघुवित्तले सबैभन्दा बढि नाफा कमाउन सफल भएको छ ।

रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त भएको छ । छिमेकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७.०२ प्रतिशत आफा ले घट्दा पनि ५९ करोड ७८ लाख ९० हजार रुपैंया नाफा रहेको छ ।

नेप्सेमा रहेका करिब मध्ये ९ वटा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । हाल नेप्सेमा करिब ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । नियामकीय प्रावधान अनुसार त्रैमास सकिएको १ महिनाभित्र कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेमा अझै ९ लघुवित्त कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् ।

यसरी वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेका लघुवित्तहरुमा घोडाघोडी, आँधिखोला, मुहली, कालिका, नाडेप, नेपाल एग्रो, नेपाल सेवा, एनएमबि र सबैको लघुवित्त रहेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३८ लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढेको देखिएको छ । ३ कम्पनीको पुँजी भने यथावत छ ।

गतवर्ष कै पुँजी यथावत हुनेमा महिला सहयात्रा, समता र सिभिल लघुवित्त रहेका छन् । सबैभन्दा धेरै पुँजी निर्धन उत्थान र छिमेक लघुवित्तको पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।

चैत मसान्तसम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने ४१ लघुवित्त मध्ये ३४ वटाको खुद ब्याज आम्दानी बढेको छ । गुराँस लघुवित्तको सबैभन्दा धेरै खुद ब्याज आम्दानी रहेको छ । यसको खुद ब्याज आम्दानी १५६.४२ प्रतिशतले बढेर ३ करोड ४ हजार रुपैयाँ पुगेको छ ।

यता रकमका आधारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी छिमेक लघुवित्तले गरेको छ । छिमेकको खुद ब्याज आम्दानी २.४५ प्रतिशतले बढेर १ अर्ब २६ करोड २९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यता ७ कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा करिब २ दर्जन कम्पनीले खुद नाफा बढाएका छन् । सबैभन्दा धेरै नाफा बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । सपोर्टको नाफा २२०.१९ प्रतिशतले बढेर ६६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

हेर्नुहोस ४१ लघुवित्तको वित्तीय विवरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *