महामारीबाट मानवीय क्षति रोक्ने पहल सशक्त बनाउँछौंः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएपछि दुःख व्यक्त गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले उक्त घटना प्रति दुःख व्यक्त गरेका हुन्।

उनले कोरोनाको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद पनि एक सुत्केरी महिलाको मृत्युको खबरले आफू अत्यन्त दुःखी तुल्याएको भन्दै समवेदना व्यक्त गरे। प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताए।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो पटक थप गरिएको लकडाउनको अवधि सोमबार सकिँदै छ। लकडाउनको समयावधिबारे आवश्यक निर्णय लिन आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। लकडाउन अघि नेपालमा दुई जनामा देखिएको कोरोना सङ्क्रमण फैलिएर आइतबार बिहानसम्म २९१ जनामा सङ्क्रमण देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *