कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको पिसिआर परिक्षण
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य कर्मी र सञ्चारकर्मीहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको छ ।
विश्व कोरोनाका कारण आक्रान्त भईरहँदा विश्वकको संक्रमित तथा मृतकको आंकलन गर्दा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु पनि केही मात्रामा रहेको र यीनिहरु अत्यन्तै जोखिम र धेरैतिर सम्पर्कमा रहने भएका कारण स्वाब संकलन तथा परिक्षणतिर आफूहरुको ध्यान गएको प्रतिष्ठानका रजिष्ट्रार ई. विश्वराज काफ्लेले जानकारी दिए ।
पछिल्लो समय कोरोना रोगथाम तथा नियन्त्रणलाई देशकै एक अब्बल प्रतिष्ठानको रुपमा स्थापित गर्न तथा कोरोना भाइरसलाई भयावह हुन नदिन प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा अहोरात्र आफै खटिएर काम गरिएका छन् ।
केही दिन अगाडी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावतले आफूहरु सरकार भए पनि प्रतिष्ठानलाई उछिन्न नसक्ने तर्क दिएकोले प्रतिष्ठानका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुलाई थप उच्च मनोबल र प्रेरणा प्रदान भएको भएको प्रतिष्ठानका एक अधिकारीले जानकारी दिए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्न आफूहरु पूर्व तयारी अवस्थामा रहेकोले कोही नआत्तीकन लगडाउनको पुर्ण पालन गर्दै घरमै बसी सरकारको निर्देशनलाई पूर्ण पालन गर्न समेत रजिष्ट्रार काफ्लेले अनुरोध गरेका छन् ।