नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ
मकालु खबर
२०७७ जेठ ४ गते
काठमाडौं । नागढुंगामा खटिएका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा आज (आइतबार) चन्द्रागिरिका उत्तम कार्कीलाई पक्राउ गरेको हो । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीमाथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए ।
मकालु खबर
२०७७ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित