सांसद अपहरण प्रकरणः प्रहरीले पुरा गर्यो अनुसन्धान

काठमाडौं । प्रहरीले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सांसद यादवले आफूलाई अपहरण गरेको आरोप लगाउँदै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सत्तारुढ नेकपाका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध वैशाख २२ गते सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गराएका थिए । वैशाख २६ गते उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । परिसरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल महोत्तरी पुगेर अनुसन्धान गरेको थियो । 

अब सरकारी वकिल कार्यालयले थप अनुसन्धान र घटनाको प्रकृति तथा प्रमाण हेरेर तामेलीमा राख्ने निर्णय सदर गर्न सक्नेछ। पुनः अनुसन्धानका लागि निर्देशन दिन पनि सक्नेछ। सरकारी वकिलले मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय प्रहरीको रायपछि तय गर्नेछ।

जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितको टोली उजुरी दर्ता गराउन पुगेको थियो । पूर्वप्रहरी महानिरीक्षक खनालसहित दुई सांसदले पार्टीको आग्रहमा समाजवादी पार्टी फुटाल्नका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाउँदै आएको छ ।

साे प्रकरणमा प्रतिपक्षीसँगै नेकपाका सांसद तथा नेताहरूले पनि छानविन गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *