स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा टुलुटुलु हेरेर बस्ने प्रहरीमाथि पनि कारवाही हुने !

काठमाडौं । काठमाडौको नागढुंगामा स्वास्थ्यकर्मी नारायण कार्कीमाथि दुव्र्यवहार हुँदा टुलुटुलु हेरेर बस्ने प्रहरीमाथि पनि कारवाही हुने भएको छ ।

नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनाबारे छानबिन गर्न प्रहरीले दुई सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल रहेका छन् ।

पक्राउ परेका कार्की लगायतको टोलीले निर्देशक कार्कीमाथि गुण्डागर्दी शैलीमा खानतलास र दुव्र्यवहार गर्दा पनि नजिकै रहेका प्रहरी कर्मचारी टुलुटुलु हेरेर बसेका थिए । अनुसन्धान प्रतिवेदन आएपछि उनीमाथि कारबाही हुने/नहुने थाहा हुनेछ ।

स्वास्थ्यकर्मी नारायणमाथि दुव्र्यवहार गर्ने युवा उत्तम कार्की पक्राउ परिसकेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *