समस्यामा परेका दुई सय पचाँस परिवारलाई एनटीको राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेकालाई लकडाउनपछि हालसम्म २ सय ५० परिवारलाई राहत वितरण गरिएको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

एकेडेमीमार्फत कागेश्वरी मनोहरा नगरपालिकाका १ देखि ९ वडा, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मजदुर, गरिब, अपाङ, बाल आश्रम, बृद्धा आश्रम, सुकुम्वासीलगायतलाई राहत वितरण गरिएको छ । स्वास्थ्य चौकी र प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको एनटीएले पशुपंक्षि र बाँदरलाई पनि आहारा खुवाउदै आएको छ ।

स्वदेशी तथा विदेशी शुभचिन्तकको सहयोगमा हालसम्म करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत प्रदान गरिसकेको खड्काले जानकारी दिए । कुल खर्चमा खड्काको पनि व्यक्तिगत ५० हजार रुपैयाँ योगदान रहेको बताइएको छ ।

सहयोगीहरुमा दिल गुरुङ (हङकङ),  ईश्वरमान वज्राचार्य,  मिन न्यौपाने,  तिलक लामा,  मन राई (युके),  नन्द विष्ट,  मधुसुदन सापकोटा,  नवराज पुडासैनी,  रोशनी तामाङ,  बल तामाङ,  पुनम लिम्बू,  विशाल लिम्बू,  तारा राई,  हर्क राई,  मोहन विक, निराजन कुइकेल (अस्ट्रेलिया),  कृष्णकुमार कार्की (मकाउ),  सैलेन्द्र जोशी,  उत्तम खड्का,  चित्र शेरचन,  गिरीबहादुर सुनार, महादेव मैनाली,  केशवकुमार कार्की,  मोहन डोटेल (चीन),  राम गिरी,  सुशिलकुमार श्रेष्ठ  (जापान) रहेका छन् ।

यसैगरी  मिङमार शेर्पा,  रमेश कार्की (भारत),  तीर्थराज घिमिरे,  बासुदेव खड्का (मकाउ),  विष्णु पाठक,  मिठू गुरुङ  (युके), अन्जु कार्की (इज्रायल), राजीव महर्जन,  राजेश र यशोदा खड्का (जापान),  प्रेम पौडेल (अमेरिका),  तारा क्षेत्री (अमेरिका),  अम्बर आले (अमेरिका),  कर्ण बोहरा, तारा डाँगी (अस्ट्रेलिया) अन्जना केसी (अस्ट्रेलिया), विजय न्यौपाने, नरी चन्द (मकाउ), सविता श्रेष्ठ (युके), कल्पना कार्की (अमेरिका), र कल्पना क्षेत्री (अमेरिका) रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *