कोरोना संक्रमणको आशंकामा दम्पतीसहित चार जना अस्पताल भर्ना
मकालु खबर
२०७७ जेठ ४ गते
- अंकुश कुँवर
धनगढी । कोरोना संक्रमणको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार जनालाई भर्ना गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका एक दम्पतीसहित चार जनालाई अस्पताल भर्ना गरिएको अस्पतालले आज विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । अस्पताल भर्ना हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कि ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती, वडा नम्बर १३ का ३० वर्षीया पुरुष र कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी २७ वर्षीया महिला रहेका छन् ।
उनीहरु सबै जनालाई आइसोलेशनमा भर्ना गरिएको अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनले उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वावको नमूना संकलन गरिएको जानकारी दिए ।
मकालु खबर
२०७७ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित