लकडाउनमा जनता अझै अटेर, झनै बढ्याे भिडभाड र व्यापार !

  • सुजता निङ्लेकु

विराटनगर । लकडाउनको ५४ दिन आइपुग्दा पनि जनता उल्लंघनमा अग्रसर देखिएका छन् । आजसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ तर जनता भने लकडाउन उल्लंघन गरेर बेवास्ता गरिरहेका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरका मुख्य चौक, बजार साथै सडकहरुमा केहि दिन अगाडीभन्दा मानिसको आवतजावत साथै सवारी साधनको चहलपहल बढ्न थालेको देखिन्छ भने चौक, चौकमा तकारी व्यापारीहरुको भिडभाड बढ्न थालेको छ ।

बिहान ६ बजे देखि १० बजेसम्म अत्यावश्यक पसल खाद्यान्न, तकारी पसल खोल्न दिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले बताए । प्रदेश सरकारको निर्णय अनुसार बिहानको समय तकारी, खाद्यान्न किन्नेको भिभाड भइरहेको अवस्थामा प्रहरीले पटक, पटक सम्झाई बुझाई गर्दा पनि आउने ग्राहकहरु अटेर गर्ने गरेको गौतमको भनाइ छ ।

उनका अनुसार पटक-पटक सामाजिक दुरी राखेर किनबेच गर्न अनुरोध गर्दा प्रहरीको लागि नियम पालना गरे जस्तो गर्ने र केहि क्षणमा उस्तै हुने प्रकृया लकडाउनको ५४ औं दिनमा आईपुग्दा पनि हटेको छैन । उनले मकालु खबर मार्फत् आम जनतालाई आफु पनि सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्न अनुरोध गरे ।

व्यापारी भन्छन्- भिडभाड गरेका छैनाैँ

आइतबार बिहान गुद्रि बजार छेवैको पसलको पेटीमा तकारी व्यापार गर्दै गरेकी रिना देवी देवानगञ्जदेखि तरकारी बेच्न कै लागि विराटनगर आएको बताईन् । १० वर्ष देखिको तकारी व्यापार गर्दै आएको उनले सुनाइन् । घरैमा तरकारी पसल खोलेर व्यापार गर्दै आएको भएपनि लकडाउनले घरमा व्यापार ठप्प भएपछि बजार, बजार तकारी बेच्न आएको उनले बताइन् ।

उनको ४ जनाकाे परिवार छ । उनी तरकारी व्यापार गर्छिन् । उनको श्रीमान लाईनको काम गर्छन् । चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गरेसँगै उनको श्रीमानको काममा पनि लक लाग्यो । अहिले उनैको तरकारी व्यापारले घर खर्च चलिरहेकी छिन् ।

उनलाई कोरोना भाइरस सम्बन्धि राम्रो ज्ञान छ । सकेसम्म सतर्कता अपनाएर नै घरबाट हिँड्ने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘पहिले घरैमा व्यापार गर्दा खासै आम्दानी हुँदैन थियो । लकडाउनपछि बजार आउन थालेँ । दैनिक हजारसम्मको व्यापार हुन्छ ।कडाउनले जनजीवनमा असर पारेससँगै व्यवसाय गर्न सिकायो ।’

सोहि स्थानमा भेटिएका विराटनगर ३ का बब्लु पासवाको पेसा तकारी व्यापार थिएन । लकडाउनसँगै उनले पेसा परिवर्तन गरे । लकडाउनले पेसा नै परिवर्तन गर्नुपर्छ भन्ने उनलाई हेक्क पनि थिएन । लकडाउन अगाडी उनी विद्युत पसलमा काम गर्थे, लकडाउनसँगै पसलमा लक लाग्यो उनी घर चलाउन,परिवार पाल्न आमाको पेसा अपनाउन बाध्य बनेका छन् ।

उनी भन्छन्, ‘घरीघरी प्रहरीले लखेटछन् तर हाम्रो लागि हो, हामीले पनि भनेको मान्नै पर्छ । तरकारीको भाउ ओरालो लागेसँगै कमाई खासै छैन । सस्तो तकारी बेच्दा पनि आउने ग्राहकहरु दलाली गर्दै भिडभाड गर्ने गर्छन् ।’

लकडाउनको अवस्थामा टोलटोलमा हटिया लाग्नु अहिलेको परिस्थितीमा त्रासपूर्ण नै रहेको गृहिणी लिना थापाले बताइन् ।
उनी भन्छिन्, ‘घरमा चाहीने दैनिक उभोग्य सामानहरु हामी महिलाहरुले नै सन्चित गर्ने भएकाले हामीले नै सावधानी अपनाएर सामान किन्दा भिडभाड हँदैन । प्रत्येक तकारी व्यापारीहरु मास्क, पञ्जा बाहेक नै विक्रि वितरण गरिरहेको हुन्छन् । बजार क्षेत्र अहिलेको परिस्थितिमा त्रासपूर्ण नै छ ।’

भिडभाड नगर्न आफैबाट पनि सुरुवात गर्न सकिन्छ उनले बताइन् । टोलबासी मिलेर तर आफु केहि नगर्ने सुरक्षाकर्मी, प्रशासन, सरकारलाई गाली गर्ने फेसबुकमा स्टाटस लेख्ने विज्ञहरुले नै गर्ने गरेको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *