मन्त्रिपरिषद् द्वारा जेठ २० गतेसम्मका लागि लकडाउन थप

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म थप गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारद्वारा गठित कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

पछिल्लो समय धमाधम कोरोना संक्रमित थपिँदै गएपछि सरकारले लकडाउन कडा गर्दै समय थपेको हो । जनस्वास्थ्य विज्ञहरुले पनि बढि कोरोना प्रभावित क्षेत्रमा लकडाउन कडा बनाउन र अन्य क्षेत्रमा खुकुलो बनाउन भनेका थिए ।

यसैगरी आज नै सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड–१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *