विराटनगरका दुई वडा शिल गर्ने महानगरपालिकाको तयारी

विराटनगर । विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित बस्ने क्षेत्रमा शिल गर्ने तयारी थालिएको छ ।
विराटनगरको वडा नंं.६ र वडा नं. १५ लाई शिल गर्न लागिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् ।

उनिहरुलाई कोसी अस्पताल ल्याउने तयारी भइरहेको मेयर पराजुलीले जानकारी दिए । महानगरले हालै ४३ जनामा स्वाव परीक्षण गरेको थियो ।

त्यसमध्ये शंकास्पद २ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *