कोरोनाले मृत्यु भएकी महिलाको गाउँका ५५ जनाको स्वाब संकलन
मकालु खबर
२०७७ जेठ ५ गते
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको गाउँमा थ्रोट स्वाब संकलन गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे ठोट्नेरीमा ५५ जनाको स्वाब संकलन गरिएको हो । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीसहितको स्वास्थ्य टोलीले स्वाब संकलन गरेको हो ।
महिलाको मृत्युलगत्तै शनिबारदेखि नै गाउँ शिल गरिएको छ । उनको शिशुसहित परिवारका सदस्यको पीसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ । उनीहरु सुरक्षित छन् ।
नेपालमा हालसम्म ३०४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । ३६ जना उपचारपछि निकाे भइसकेका छन् ।
मकालु खबर
२०७७ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित