कृषि उत्पादन बढाउन ‘हर खेतमा पानी हर हातमा काम’ हुनुपर्छः महेन्द्रराय यादव

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद महेन्द्रराय यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताए। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यसले कोरोनाबाट उत्पन्न संकटको समाधान गर्न नसक्ने बताए।

उनले भने, ‘कोरोना भाइरसको सङ्क्रमणले नेपाली आतंकित छन्। आगामी दिन चुनौतीपूर्ण छ। आम जनतालाई यस महामारीबाट कसरी बचाउन सकिन्छ। अर्थतन्त्रलाई कसरी बनाउने विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छैन।’

उनले कोरोना प्रभावित क्षेत्रलाई उकास्न उचित बजेट विनियोजन गर्न माग गरे। नेपालको आर्थिक वृद्धिमा कमी आएको भन्दै उनले अर्थतन्त्रलाई टेवा दिने प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक भएको बताए। सांसद यादवले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेख्य रहेको बताउँदै १० देखि १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्ट्याउनुपर्नेमा जोड दिए।

‘कोरोना महामारीपछिको शिथिल अर्थतन्त्रमाथि उठाउन मुख्य आधार कृषि हो। कृषिमा १० देखि १५ प्रतिशत बजेट छुट्याउन पर्छ,’ उनले भने, ‘कृषि उत्पादन बढाउन ‘हर खेतमा पानी हर हातमा काम’ हुनुपर्छ। सरकारले यो नीति अपनाउन आवश्यक छ।’ उनले स्वास्थ्य क्षेत्रमा थप लगानी वृद्धि गर्न पनि आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *