भारतले लम्ब्यायाे लकडाउन, ३१ सम्म जारी रहने

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको छ ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको हो ।भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन हिजो समाप्त भएको थियो । प्रधान मन्त्री नरेन्द्र मोदीले थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताएका छन् । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ ।

यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौंथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *