खाद्यान्न बोकेको मिनी ट्रकबाट मदिरा बरामद

धनगढी । धनगढीमा नुनलगायत खाद्यान्न बोकेको मिनी ट्रकबाट प्रहरीले आज मदिरा बरामद गरेको छ ।

धनगढीबाट अतरियातर्फ गइरहेको से१ख२०१० नम्बरको मिनी ट्रकबाट अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको टोलीले मदिरा बरामद गरेको हो ।

करिब १ लाख १५ हजार ९ सय २५ रुपैयाँ बराबरको १ सय २६ पेटी रोज नामक मदिरा बरामद गरिएको प्रहरी निरीक्षक चन्दले बताए । बरामद मदिरा आन्तरिक राजश्व कार्यालय कैलालीमा बुझाइएको छ ।

कैलाली जिल्ला गोदावरी नगरपालिका–४ का ट्रक चालक नरेन्द्रसिंह महरा र धनगढी उपमहानगरपालिका–१३ का मदिरा धनी दिनेश पन्तलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरु दुबैलाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *