बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो ।

हिजो मात्रै त्यहाँको सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट निधन भएको थियो ।

भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको हाे । शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हाे । रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *