फागुन मसान्तसम्म १ जना थिए संक्रमित, जेठको दोस्रो हप्ता नकट्दै ३५६ थपिए !
मकालु खबर
२०७७ जेठ ५ गते
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र गतिमा फैलिएको छ ।
फागुन मसान्तसम्मको तथ्यांक हेर्ने हो भने १ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । तर जेठको दोस्रो हप्ता नकट्दै संक्रमितको संख्या ३५७ पुगेको छ ।
संक्रमितको संख्या हेर्दा फागुन मसान्तसम्म १ जना, चैत्र मसान्तसम्म १३ जना वैशाख मसान्तसम्म २१९ जना रहेकोमा हालसम्म ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनका अनुसार हालसम्म नेपालभर ३१ जिल्लामा कोरोना भाइरस फैलिएको छ । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १३२, बागमती प्रदेशमा १८ (एक मृत्युसहित), गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा १५९ (एक मृत्युसहित) र सुदुरपश्चिम प्रदेशमा ५ जना गरी कुल ३५७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
मकालु खबर
२०७७ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित