सम्भावित संक्रमितको संख्या ४०५ पुग्याे, कन्ट्याक्ट ट्रेसिङ जारीः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा हालसम्म पिसिआर विधिबाट ३० हजार ७२३ र आरडिटी विधिबाट ६९ हजार ५६० वटा थ्रोट स्वाब नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गएको २४ घण्टामा थप २ हजार ५५८ पिसिआरबाट र १ हजार ७९१ वटा थ्रोट स्वाब नमुना आरडिटी विधिबाट परीक्षण भएका छन् ।

यस्तै क्वारेन्टाइनमा २० हजार ९० जना छन् भने आइसोलेसनमा ४१२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी दुई वटा एप्लिकेसनमा फाराम भरेर आफ्नो स्वास्थ्यको स्वमुल्यांकन गर्नेको संख्या ४२ हजार १६७ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनका अनुसार गएको २४ घण्टामा मात्र ३ हजार ९९ जनाले उक्त फाराम भरी आफ्नो स्वास्थ्यको स्वमुल्यांकन गरेका छन् । जसमध्ये २३ जना रेड जोनमा छन् । रेड जोनको अर्थ सम्भावित संक्रमित हुन् ।

यसरी कुल सम्भावित संक्रमितको संख्या ४०५ पुगेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ कार्य भइरहेको प्रवक्ता देवकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *