औषधि व्यवसायी दुलालको हत्या आरोपमा श्रीमतीसहित पक्राउ गरिएका तीनजना सार्वजनिक

विराटनगर । विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा श्रीमतीसहित पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले दुलालकी श्रीमती मीना श्रेष्ठ,  सिराहा लहान नगरपालिका १० घर भएका र हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ का २० वर्षिय सोनु साहलाई सार्वजनिक हो ।

प्रहरीले मीना र ब्रम्हदेव शाहलाई आइतबार पक्राउ गरेको थियो भने सानुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीले सोमबार भिडियो कन्फ्रेन्स मार्फत पत्रकार सम्मेलन गरी घटना सार्वजानिक गरेको छ ।

श्रीमती मिना र ब्रह्मदेवको मुख्य योजनामा सोनुको पनि संलग्नतामा दुलालको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

इटहरी–१२ खनार घर भएको र हाल विराटनगर १० मधुमारामा देवी माँ पाथिभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आईरहेका दुलालको आइतबार बिहान शंकास्पद मृत्यु भएको थियो ।

ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमती मीना श्रेष्ठ दुलालसहितले अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमती मिनाको भनाई बाझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

देवीप्रसादको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र मनमुटाव भइ झैझगडा हुँदै आएकोले मिनाको योजना अनुसार हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।

हत्यामा संलग्न ब्रम्मदेवले चार वर्षदेखी दुलालको औषधि पसलमा काम गर्दै आएका थिए । श्रीमतीसँगको हिमचिमबारे जानकारी पाएपछि दुलालले ७ महिना अगाडि साहलाई कामबाट निकालिदिएको खुलेको छ ।

त्यसपछि उनीहरुले दुलालको हत्या योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *