महालक्ष्मी बैंकका सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीहरुको कोरोना भाइरस बीमा गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को विश्व महामारीको यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोरोना भाइरस बीमा गरेको हो ।

बैंकले कोभिड – १९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न बचाउन उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड १९बीमा गरेको बताएको छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउँदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *