झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५८ पुग्यो

२०७७ जेठ ५ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार भारतबाट लुकिछिपी नेपाल भित्रिएका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले बताए ।
ती युवालाई विराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको उनले बताए ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि झापामा दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

२०७७ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित