चीनबाट सेनाले ल्यायो स्वास्थ्य सामग्री

काठमाडौँ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ। जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले मङ्गलवार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत स्वास्थ्य सामग्री ल्याएको हो।

जंगीअड्डा स्रोतका अनुसार खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको हो। जसमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन्।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो। यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट स्थलमार्ग हुँदै सेनाको कन्टेनरले शनिवार ९ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *