अब आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न जरुरी छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले अर्थतन्त्रमा ठूलो असर पारेको बताएका छन्। उनले अब आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु पर्ने बताएका छन्। उनले भनेका छन्, महामारी पछि उत्पादनमा ह्रास, राजस्व कम उठेको छ, रेमिट्यान्स छैन। यसले बहुतै नकारात्मक असर अर्थतन्त्रमा परेको छ। तर त्यसो भनेर हामी निराश वा हतोसाहित भएर बस्न सक्दैनौं।

उनले भनेका छन्, फेरि पनि जीवन चलाउन पर्छ। फेरि पनि समाज चलाउनु पर्छ। कोरोनासँग सर्तक हुँदै, निको पार्दै सामाजिक जीवनलाइ चलाउनु पर्छ। यदी कोरोना लामोसमय चल्छ भने समाज हामिले कसरी सँगसँगै चलाउने ? समाजको आर्थिक क्रियाकलाप, बाच्नका लागि चाहिने कुरा, कसरी चलाउने ? त्यसकारण हामीले स्वभाविक रुपमा हाम्रो अर्थतन्त्रलाइ आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्ने कुरामा ध्यान दिनु पर्छ। हामीले हाम्रो उत्पादन बढाउने हो।

उनले विश्वका अन्य देशहरुले पनि दिइ रहने अवस्था नआउने बताए। धेरै देशहरुमा उत्पादन वृद्धि रिणातमक बनेको बताए। उत्पादन वृद्धि घटेको छ। धेरै मानिसले रोजगारी गुमाउने अवस्था छ। यस्तो अवस्थामा हामीले उत्पादनमा वृद्धि गर्ने विषयमा गम्भिर हुन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए।

कोरोनासँग सँगै आर्थिक क्रियाकलाप पनि सुरु गरिने बताए। सामाजिक जीवन चलाउनको लागि यो आवश्यक रहेको उनले बताए। त्यही ढंगबाट अहिलेको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *