सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं। सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संघीय संसद्मा प्रस्तुत गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो। छलफलमा उठेको प्रश्नबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए। प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए।

संसदमा दुर्गा पौडेल, मिलेन्द्र प्रसाद रिजाल लक्ष्मण लाल कर्ण र प्रेम सुवाल लगायतले संसोधन प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *