‘१८ वर्षमाथिका नेपालीलाई सैनिक तालिम अनिवार्य गरियोस’

काठमाडौं । नायक तथा निर्माता नवल खड्काले १८ वर्ष माथिका नेपाली नागरिकलाई अनिवार्य सैनिक तालिमको ब्यवस्था गर्न माग गरेका छन् ।

सिमानामा काँडेतार अभियानका अभियन्ता खडकाले प्रतिनिधि सभामा सांसदहरुलाई पत्र लेख्दै मुलुकको सार्वभौम सत्ता रक्षार्थ १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने बताएका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भएको बताएका छन् । यसै अनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गर्न नहुने खड्काको भनाई छ ।

उनले राष्ट्रलाई महाशक्तिको क्रिडास्थल बन्न दिनु हुँदैन भन्ने जनताको चाहना विपरित एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउँन खोजिएकोमा आपत्ति जनाएका छन् ।

‘नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । तर, शासकहरुका स्वार्थका कारणले खासगरी सुगौली सन्धीपछि व्रिटिस अधिनस्थ भारत र हालको भारतीय शासकहरुको हेपाईले आक्रान्त भईरह्यो । जुन हाल भइरहेका अनेकन घट्नाहरुले सम्झाईरहन्छ । हाल भारतीय पक्षले हाम्रो सीमाभित्र निर्माण गर्दै गरेको बाटोले पुराना सम्झनाहरुलाई बल्झाएको छ ।’ पत्रमा भनिएको छ ।

उनले एमसीसी आयोजनालाई यथास्थितिमा पारित गर्न नहुने जिकिर गरेका छन् । सिमानाका बिषयमा कुटनैतिक वार्ता दुईपक्ष, आवश्यक परे वा स्वीकारेमा त्रिपक्ष ९भारत,चीन, नेपाल० बाट समस्या समाधान गरिनु पर्ने तर भारतीय पक्ष तयार नभए अन्तर्राष्ट्रिय अदालतमा जाने मार्ग प्रशस्त गरिनु पर्ने बताएका छन् ।

खड्काले भष्टाचार प्रति शुन्य सहनशीलता कार्यमा रुपान्तरण भई, अपराधिलाई शसक्त कारवाहिको माग गरेका छन् । १८ बर्षमाथिका सम्पूर्ण नेपालीलाई सैनिक तालिम अनिवार्य दिने ब्यबस्था गरियोस भनेका छन् । साथै सिमा विवाद नभएका सीमाक्षेत्रमा काँडेतार लगाउन शुरु गर्नुपर्ने भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *