काठमाडौंमै बस्दै आएका छन् सर्लाहीका दुई कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका सर्लाहीका दुई संक्रमित हाल काठमाडौंमै बस्दै आएको बताइएको छ ।

मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका २७ मध्ये सर्लाहीका दुई जना काठमाडौंमै बसिरहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जिसीले भने, ‘हामीले यहाँबाट स्वाब पठाएका छैनौं, संक्रमितहरूले आफैंले काठमाडौंको टेकु अस्पतालमा स्वाब परीक्षण गराएका हुन्, सर्लाहीमा भाडाको घरमा बस्दै आएकाहरूले जाँचको समय ठेगाना सर्लाही लेखाएको खुलेको हो।’

संक्रमितमध्ये १ जना बागमती नगरपालिका वडा नं ९ का ३४ वर्षीय पुरूष र अर्का हरिवन नगरपालिका नयाँ रोड निवासी ३१ वर्षीय पुरूष रहेको सर्लाहीका प्रजिअ जिसीले बताए।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा दुई जना सर्लाहीका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *