श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

चितवन । जिल्लाको रत्ननगर-१५, माधवपुरमा मंगलबार साँझ खुकुरी प्रहार हुंदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

दिपज्योती टोल निवासी ५४ वर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नै श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएको र उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने श्रीमान पुर्ण प्रसादलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टाडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी कार्किले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *