रूसी प्रधानमन्त्री कोरोनाको उपचारपछि काममा फर्किए
मकालु खबर
२०७७ जेठ ७ गते
मस्को । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।
उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए ।
मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनीबाट सम्हाल्दै आएको प्रधानमन्त्रीको जिम्मेवारीलाई राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्री निको भएर काममा फकिने जनाएपछि मिशुस्तिनले पुनः प्रधानमन्त्री र बेलोउसोभले उप प्रधानमन्त्रीको हैसियतमा आफ्नो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति पुटिनले तोकेएको क्रेमलिनले जनाएको छ ।
मकालु खबर
२०७७ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित