उपत्यकामा खटिएका दुई प्रहरीमा देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका दुई सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत सई र जवान गरी दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कालिमाटी प्रहरी वृत्त सिल गरिएको छ । त्यहाँ कार्यरत सबैको आजबाट पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ । यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *