मनिषा कोइरालाले लिपुलेक कालापानीका पक्षमा बोल्दा भारतीय मिडियालाई असैह्य

काठमाडौं । ९० को दशकमा बलिउडमा स्टारडम कमाउन सफल मनिषा कलाकार अहिले भारतीय मिडियाका अगाडी आलोचित भएकी छिन् । नेपाली पुत्री मनिषाले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको भूभाग नेपालकै हो भनेर दिएको अभिब्यक्ति प्रति भारतीय मिडियाहरु खनिएका हुन् ।

मनिषा काेइराला

बलिउडमा दुई दशक देखि काम गरेकी मनिषाले आफ्नो मातृभूमी प्रति देखिाएको अपनत्व विरुद्ध भारतीय मिडियाहरुले खेदो खनेका छन् । नेपाल सरकारले अतिक्रमित नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा जारी गरेको विषयमा ट्विट गरेकोमा भारतीय मिडियाहरुले चर्को आलोचना गरेका हुन् ।

कुनै बेला मनिषा कोइरालाको सुन्दरता, अभिनय र ब्यक्तित्वको प्रशंशा गरेर नथाक्ने भारतीय मिडियाहरु अहिले मनिषाले आफ्नो मातृभूमिको समर्थनमा बोल्दा तल्लो स्तरको गाली गलौजमा उत्रनु स्वच्छ पत्रकारिता नभएको विज्ञहरुको भनाई छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि–ट्विट गरेकी थिइन् । ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ मनिषाले आफ्नो ट्विटमा लेखेकी छिन् ।

सन्तुलित विचार सहितको यो ट्विटलाई भारतीय मिडियाले विवादित बनाएका छन् । भारतको चर्तित एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन,’ एबीपी टेलिभिजनले भनेको छ ।
समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ ।

नायिका मनिषाले बलिउडमा लामो समय काम गरेपनि उनी नेपाली नागरिक र उनको शरीरमा नेपाली रगत नै बगेकोले उनले नक्साको समर्थनमा बोल्नु अनर्थ नहुने मनिषाका समर्थकले बताएका छन् ।

कलाकार मनिषाको समर्थनमा अधिकांश भारतीय मिडियाको विरुद्ध ट्विट गरेका छन् । उनीहरुले मनिषा आफ्नो कला र क्षमताले बलिउडमा स्थापित भएको बताउँदै उनले बलिउड फिल्म क्षेत्रलाई पनि धेरै योगदान गरेको चर्चा गरेका छन् ।
कतिपय समर्थकले भारतीय च्यानल नेपालमा बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *