भारतमा कोरोना संक्रमितकाे संख्या १ लाख नाघ्याे, २४ घण्टामा १४० जनाको मृत्यु !

काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ३०३ पुगेको छ ।

कोरोनाभाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् ।

कोरोनाभाइरसको प्रसार समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *