तास खेल्दाको र रक्सी खादाको साथीलाई पास बाँडेर कोरोना फैलाइयोः रामनारायण बिडारी

काठमाडौं। नेकपाका सांसद रामनारायण बिडारीले कोरोना सङ्क्रमण फैलिनुमा सिडिओ जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले सिडिओले आफ्ना नजिकका व्यक्तिहरूलाई पास दिएका कारण पनि कोरोना फैलिएको बताए। राष्ट्रियसभाको शून्य समयमा बिडारीले पास वितरणमा संवेदनशीलता अपनाउन गृहमन्त्रालयको ध्यानाकर्षण गराए।

‘कोरोना फैलिनुमा सिडिओ पनि दोषी छ। तास खेल्दाको साथी, रक्सी खादाको साथी जम्मैलाई पास बाँडेको छ,’ उनले भने, ‘दुई/चार हजार पैसा भएका टोलका गुण्डाहरु पास लिएर गाडीमा हिँड्ने। जनतामा यत्रो आक्रान्त पार्ने ? अहिले पनि गृहमन्त्रालयको ध्यान जावस्, पासलाई संवेदनशील रूपमा लिओस्। त्यो कार्य तत्काल गरोस्’

कोरोना सङ्क्रमणले जनता आक्रान्त भएको बेला सरकारले सङ्क्रमण रोक्न आवश्यक नीति तथा कानून बनाएर प्रभावकारी कदम चाल्नु पर्नेमा उनले जोड दिए। अहिलेको सङ्क्रमणको बेला कानूनको अभाव रहेको भन्दै उनले सरकारले कानून निर्माण गरेर आफ्नो कार्यहरूलाई प्रभावकारी बनाउन सुझाव दिए।

बिडारीले भने, ‘लकडाउन भनेर जनता घरमा बसिरहेका हुन्छन्। सरकार घरमा बसिरहने होइन। सिंहदरबारमा बस्ने पनि होइन। के के गरेर औषधि ल्याउन सकिन्छ। बजेट व्यवस्थापन कसरी गर्न सकिन्छ। के गरेर रोग सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ। त्यसका लागि कानूनहरूको अप्राप्यता छ। सरकारले मन लाग्दी आदेश दिएको छ। आदेश नगरे रोग फैलिन्छ। त्यसकारण आवश्यक नीति तथा कानून बनाउने तिर सरकार लाग्नु पर्‍यो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *