औपचारिक रुपमा सार्वजनिक गरियो लिम्पियाधुरा–लिपुलेकसहितको नेपालको नयाँ नक्सा

काठमाडौँ । आज (बुधबार) दिउँसो औपचारिक रुपमा नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिएकाे छ ।

नेपाल टेलिभिजनकाे प्रत्यक्ष प्रसारणमार्फत् कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिएकाे हाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा नक्सा सार्वजनिक गरेकी हुन् ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्वीकृति गरेको थियो । मन्त्रीपरिषद्ले स्वीकृति गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको भूमिमन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक,  कुटनीतिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *