विश्वलाइ नै स्वर र सुन्दरताले लठ्याउने सेलेना २८ लाग्दैछिन्

एजेन्सी । बिश्व चर्चित गायिका सेलेना गोमेज अबकाे २ महिना पछि २८ वर्षमा लाग्दैछिन् । जुलाइ २२ मा २८ बर्षमा प्रवेश गर्ने सेलेनाले १५ वर्षको उमेरमै सांगितिक यात्रा शुरू गरेकि थिइन्।

सुन्दरता र जादुमयी स्वरले संसारभरका करोडौं युवाहरूकाे ढुकढुकी बन्न सफल भएकि छिन् । उनलाइ विश्वभरका युवाहरूले ब्यूटि विथ ब्रेन समेत भन्दछन् । फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन्छ । शुरूवाति समय २००२-४ मा अमेरिकी बालबालिकाहरूकाे टेलिभिजन सिरिज Barney & Friends बाट कलाकारितामा प्रवेश गरेकी उनले Wizards of Waverly Place सिरिजबाट अमेरिकाकाे प्रतिष्ठित इमामी अवार्ड समेत पाइन् ।

सेलेना गोमेजले सन् २००८ मा Selena Gomez & the Scene नामक सांगितिक एल्बम ल्याइन । यसले उनकाे करियरलाइ ठूलाे सफलता दिलायाे । उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चिनायाे । उ

आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् । ‘दर्शकसामु स्टेजमा जानुअघि म जैतुनको तेल पिउँछु,’ उनले भनेकी छिन्, ‘मेरा हजारौँ दर्शकलाई रमाइलो दिनुअघि मैले आवश्यक पूर्वतयारी गर्नैपर्छ ।’

हुन त जैतुनको तेल सेलेनालाई मन पर्दैन । तर, स्वरमा निखार ल्याउन उनी तेल पिउने गर्छिन् । ‘यसको स्वाद मलाई मन पर्दैन, तर गलाका लागि निकै राम्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘केही थोपा जैतुनको तेल पिएपछि गला सफा हुन्छ र राम्रो स्वर आउँछ ।’

सेलेनाले बरुनो मार्स, ब्रिट्नी स्पेयर्स, रिहाना र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् । ‘मैले पहिलोपटक नौ वर्षको छँदा सांगितिक कार्यक्रममा भाग लिएकी थिएँ, ब्रिट्नी स्पेयर्सको प्रस्तुति थियो,’ उनले सम्झिन्, ‘मलाई याद छ, त्यही कार्यक्रमले मेरो जीवनमा संगीतको प्रकाश भरिदिएको थियो ।’

सेलेनाकाे प्रेम जिवन भने उतारचढावपूर्ण छ । शुरूमा अमेरिकन गायक निक जाेनाससँग प्रेममा रहेकी सेलेना त्यसकाे २ वर्षपछि जस्टिन विवरकाे प्रेममा परिन् ।
उनले सांगितिक यात्रामा तीन वटा साेलाे एल्बम निकालेकी छिन्। भने, वल्र्ड टुर समेत गरेकी छिन् ।

हेर्नुहाेस थप तस्विरहरू, तस्विरः गुगल  

 

 pic: google 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *