गुल्मीका काेराेना संक्रमितकाे मृत्यु भएकाे छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मात्रै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न सञ्चार माध्यममा गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको खबरहरु आएपछि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको खण्डन गर्दै बिरामीको अवस्था गम्भीर मात्रै भएको, मृत्यु नभएको जानकारी दिएका हुन् ।

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर भएको र मृत्यु नभएकाे सो अस्पतालले यसअघि नै खण्डन गरिसकेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ती व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ती व्यक्तिलाई ज्वरो देखिएपछि गत जेठ  १ गते रूपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । संक्रमित व्यक्ति शिक्षक भएकाे खुलेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *