कपिलवस्तुमा १३ नयाँ संक्रमितः ३, ४, ६ र १२ वर्षीय बालकमा पनि कोरोना पुष्टि !

काठमाडौं । आज थपिएका थप २५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये तीन वर्षीय बालक पनि रहेका छन् ।

आज थपिएका २५ संक्रमितहरु ३ देखि ४८ वर्षसम्मका व्यक्तिहरु छन् । कपिलवस्तुमा थपिएका १३ जना संक्रमितमध्ये महाराजगञ्ज गाउँपालिकामा रहेका ३, ४, ६ र १२ वर्षीया बालबालिका पनि रहेका छन् । त्यस्तै १६ वर्षीया किशोरी पनि संक्रमित भएकी छिन् ।

नेपालमा हालसम्म ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पुरुषहरु ३५८ र महिलाहरु ६९ जना छन् । २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा हालसम्म पिसीआर विधिबाट ३५ हजार ४९४ वटा र आरडिटी विधिबाट ७५ हजार ७२ वटा थ्रोट स्वाब नमुनाहरु परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार गएको २४ घण्टामा पिसीआरबाट २ हजार ४८८ र आरडिटी विधिबाट ३ हजार ६१० वटा स्वाब नमुना परीक्षण भएका छन् ।

हाल क्वारेन्टाइनमा २३ हजार २०२ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *