गयक निर्मल सुब्बाको ‘मायाको कुरा गरौं कि…’ बोलको लिम्बु गीत सार्वजनिक

काठमाडौं । गायक निर्मल सुब्बाले लिम्बु भाषाको गीतको भिडियो सार्वजनिक गरेका छन् । पछिल्लो समय उनले पकन्दी चानु वासी ना आहा छुईया हा… अर्थात ‘मायाँको कुरा गरौ. कि…’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

आफ्नो भाषा संस्कृतिको मायाँ कसलाई पो नहोलार, विभिन्न जातिको आआफ्नै भाषा संस्कृति हुन्छ । कतिपय जातिको भाषा लोप भैसकेका छन् भने कतिपयले आफ्नो भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि जुटिरहेका छन् । यसै शिलशिलामा गायक सुब्बाले पनि आफ्नै भाषामा गीत निकालेका हुन् ।

लिम्बु कला, संस्कृतिलाई झल्काउँने भिडियोमा निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन् । यस गीतका संगीतकार अशोक लोहरुङ राई हुन् । गायक सुब्बालाई गायिका श्रेयाशी चेम्जोङले स्वरमा साथ दिएकी छन् । आफु रहरले गाउँने भएकोले यो गीतले श्रोताको मन जित्न सफल हुनेछ भन्ने आशा गायक सुब्बाले लिएको छन् ।

भिडियोमा के साङ्ला चलचित्रका नायक भीम तुम्बाहाम्फे र नायीका सुक्मिता केरुङको जिवन्त अभिनय देख्न सकिन्छ । सब्द कल्पना आङ्बुहाङ, क्यामेरा भुपेन्द्र तुम्बाहाम्फे, सम्पादन अनिल रानाको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *