गौरीफन्टा नाकामा नेपाली अलपत्र !

काठमाडौं । चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएसँगै विभिन्न भारतीय सीमा नाकामा नेपालीहरु अलपत्र छन् । जेठ ७ सम्म आइपुग्दा पनि लकडाउन जारी रहेसँगै कतिपय नेपालीहरू रातीकाे समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेका छन्, जसकारण पछिल्लाे समय नेपालमा काेराेना तीव्र गतिमा फैलिरहेकाे छ ।

कतिलाई नेपाल सरकारको सहमतीमै भारतीय सरकारले त्यहाँको क्वारेन्टाइनमा राखेको छ भने कति सडकमै अलपत्र छन् । कति सीमा नाकाका नेपालीको भने उद्धार समेत भएको छ ।

यस्तैमा भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर गौरीफन्टा नाकामा पुगेका छन् । पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतीका लागि पर्खिरहका छन् । तर अहिले सम्म उनीहरुलाई स्वदेश प्रवेश गराउने विषयमा कुनै टुङगो लागेको छैन ।

प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई स्वदेश ल्याईने स्थानीय प्रशासनले जनाएको छ । यद्यपी अझै उद्धार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *