झापा, धनकुटा र धरानमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र धरानमा गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयका प्रेस संयोजक ध्रुव सुवेदीले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार  झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जना तथा धरान र धनकुटाका एक-एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको भने नेपाल भर कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।  संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *