अपांगता भएका र एकल महिलाको भत्ता नरोक्न कांग्रेसको माग

काठमाडौं। मुख प्रतिपक्षी नेपाली कांग्रेसले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गर्ने सरकारी निर्णयको विरोध गरेको छ। सरकारले अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिअनुसार ६० वर्षमुनिका एकल महिलाले मासिक २,००० रुपैयाँ र ख वर्गका अपांगता भएका व्यक्तिले मासिक १,६०० रुपैयाँ भत्ता पाउँदै आएका थिए। सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने संविधानको प्रावधानविपरीत सरकारले भत्ता रोकेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरेका छन्।

बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीबाट प्रताडित भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता काटिनु गैरजिम्मेवार निर्णय भएको बताएका छन्। सरकारको उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न कांग्रेसले माग गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *