काठमाडौं प्रवेश गर्न अब आरडीटी रिपोर्ट चाहिने !

काठमाडौं । अब काठमाडौं उपत्यका प्रवेश गर्न आरडिटी रिपोर्ट आवश्यक पर्ने भएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशका लागि आरडिटी परीक्षण गरी सो को रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको हो ।

जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको हो । काठमाडौंमा सुरक्षाकर्मीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको हो ।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

‘काठमाडाैं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएकाे काठमाडाैं उपत्यका क्षेत्र बढी जाेखिममा रहेकाे देखिँदा अत्यावश्यक काममा बाहेक काठमाडाैं उपत्यका प्रवेश निषेध गर्ने । आगमनको स्रोतमै रोक्ने’, गृहद्वारा जारी निर्देशनमा भनिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *