नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

आज (बिहीबार) दिउँसोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘एउटा फेरि दुःखद खबर । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटर सहितको उपचारमा रहनुभएका मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको आज बिहान निधन भएको खबर प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । उहाँ कोभिड १९ पोजेटिभ हुनुहुन्थ्यो’, प्रवक्ता देवकोटाले भने ।

क्रिमसन अस्पतालले यसअघि नै मृत्युबारे पुष्टि गरिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *