थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं । नेपालमा थप ३ जना कोराना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले थप तीन जनामा कोरोना संक्रमणको पष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रलयको बिहीबार साँझ ७ : ३० बजेको अद्यावधिक विवरण अनुसार भेरी अस्पताल, नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयागशाला, रुपन्देहीमा गरिएको परीक्षण अनुसार तीन जना नयाँ संक्रमितको पुष्टि भएको छ ।

नयाँ संक्रमित बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ की ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *