आज जेठ ९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ ०९, २०७७ । ई.सं. 22 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण ग्रीष्म । शुक्रवार ज्येष्ठ कृष्णपक्ष । तिथि औंसी, २३:०२ बजे उप्रान्त प्रतिपदा । नक्षत्र कृत्तिका, २७:२३ बजे उप्रान्त रोहिणी । योग शोभन, ०७:०७ बजे उप्रान्त अतिगण्ड । करण चतुष्पद १०:२४ बजेदेखि नाग, २३:०२ बजे उप्रान्त वालव । चन्द्रराशि मेष । आनन्दादि योग छत्र । दिनमान ३३।५८ । सूर्योदय ०५:१३ । सूर्यास्त १८:४९ । दर्शश्राद्ध । हलो तथा निशि बार्ने औंसी। वटसावित्री व्रत । शनि जयन्ती ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घरमा शुभकार्य हुने चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनपर्ने खनेकुरा खान पाईनेछ । प्रविधि मार्फत आफन्तसंग भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *