अझै उठेन संक्रमित शवः परिवार भन्छ- ‘उपचारै भएन, छानबिन हुनुपर्छ’

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव अझै उठ्न सकेको छैन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन नमानेका हुन् ।

४१ वर्षीय संक्रमितको रुपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको थियो । उनलाई मृत घोषणा गरिएको चौबीस घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । मृतकका परिवार र आफन्तहरुले कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उपचार नै नगरेको आरोप लगाएका छन् ।

‘पीपीई नभएको भन्दै उपचारमा कोही पनि गएनन्, हामी नजिकैको कोठामा क्वारेन्टाइनमा बसेका थियौं, भिनाजुलाई राखेको कोठामा डाक्टरहरू गएको देखेनौं,’ मृतकका आफन्तले भने । घटनाका छानबिन र अस्पतालले क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

यो पनि : ११ घण्टा बितिसक्दा पनि उठेन शव 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *